अमेरिकाले २५ प्रतिशत कर बढाए क्यानडाले पनि अमेरिकी उत्पादनमा कर बढाएरै जवाफ दिने
प्रकाशित मिति : पुस २९, २०८१ सोमबार
क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाका उत्पादनलाई अमेरिकाले शुल्क बढाए त्यसको प्रतिकार गर्ने योजना बनाइरहेको बताएका छन ।
यदि अमेरिकाले शुल्क बढायो भने अमेरिकी उत्पादनमा पनि हामीले शुल्क बढाएर प्रतिकार गर्ने सोचाइमा पुगेका छौ उनले भनेका छन ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै क्यानाडेली आयातमा २५ प्रतिशत शुल्क लगाउने बताउदै आएका छन ।
ट्रम्पले घोषणालाई कार्यन्वयन गरेभने अमेरिकाले तेल , ग्यास र बिजुलीमा पनि २५ प्रतिशत शुल्क तिर्नुपर्नेछ प्रधानमन्त्रीले भनेका छन ।
कुनै पनि अमेरिकीले क्यानाडाबाट आउने बिजुली वा तेल र ग्यासमा २५ प्रतिशत बढी तिर्न चाहने छैन क्यानडेली प्रधानमन्त्रीले भनेका छन ।
क्यानडाले अमेरिकी सुन्तला जुस, ट्वाइलेट र इस्पातका केही उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाउन सोच्नेछ ट्रुडोले भनेका छन ।
पहिलो कार्यकालमा ट्रम्पले क्यानाडेली इस्पात र एल्युमिनियममा शुल्क लगाएपछि क्यानडाले अमेरिकी उत्पादनहरू जस्तै बर्बन, हार्ले डेभिडसन मोटरसाइकल र तासमा आफ्नै शुल्क लगाएको थियो ।
ट्रम्पले गत हप्ता अमेरिकालाई क्यानडाबाट तेल वा अरू केही आवश्यक पर्दैन भनेका थिए ।
तर अमेरिकाले दैनिक खपत गर्ने तेलमध्ये झन्डै एक चौथाई तेल क्यानडाबाट आउँछ । ऊर्जा सम्पन्न पश्चिमी प्रान्त अल्बर्टाले दैनिक ४.३ मिलियन ब्यारेल तेल अमेरिकालाई निर्यात गर्छ।
युनाइटेड स्टेट्स इनर्जी इन्फर्मेसन एड्मिनिस्ट्रेशनको तथ्यांक अनुसार अमेरिकाले दैनिक २० मिलियन ब्यारेल तेल खपत गर्छ । उसले १३.२ मिलियन ब्यारेल तेल उत्पादन गर्छ।
क्यानडा, नाटोको संस्थापक साझेदार र ४० मिलियनभन्दा बढी जनसंख्या भएको देश हो । ३६ अमेरिकी राज्यहरूको शीर्ष निर्यात गन्तव्य पनि हो ।
ट्रम्पले क्यानडाले अमेरिका क्यानडा सीमामा सुरक्षा व्यवस्थापन सुधार गरे शुल्कको धम्की पुनर्विचार गर्नसक्ने बताएका छन ।
तर गत नोभेम्बरमा ट्रम्पसँग फ्लोरिडाको मार अ लागोमा भेट गरेपछि ट्रुडोले सीमा सुरक्षामा खर्च बढाउने घोषणा गर्दै ट्रम्पका चिन्ताहरू सम्बोधन गर्न तयार रहेको बताएका थिए ।