इरानी राष्ट्रपतिको ट्रम्पलाई आग्रह : युद्धको जोखिम नबढाउ


प्रकाशित मिति : माघ २, २०८१ बुधबार

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन ।

ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ता अघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको दावी गरेका हुन ।

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी सहयोगी इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।

इरानको आणविक स्थलमा अमेरिकासमर्थित इजरायली सैन्य आक्रमण भए जवाफ दिने बताउदै उनले इरान युद्ध चाहदैन तर युद्धसंग डराउदैन भनेका छन ।

सन् २०१५ मा इरान र फ्रान्स, बेलायत र जर्मनीलगायत विश्वशक्तिराष्ट्रबीच तेहरानको आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा तेहरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो बनाउने सम्झौता भएको थियो ।

ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले एकतर्फी रूपमा सन् २०१८ मा सम्झौताबाट पछि हट्दै आर्थिक प्रतिबन्धहरू पुनः लागू गरेको थियो। पेजेस्कियानले ट्रम्प सत्तामा फर्किएपछि वार्ता गर्न सकिने सम्भावना अहिलेसम्म नदेखिएको बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com