अमेरिकी सेना सम्बन्धि कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पद्धारा हस्ताक्षर, सेनामा भर्ती स्तर सुधारहुने अपेक्षा
प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य नीति पुनःआकार दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन । ट्रम्पले अमेरिकी सैन्य नीति पुनःआकार दिन केन्द्रित केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका बताइएको छ ।
सोमबार अबेर हस्ताक्षर गरिएको एउटा आदेशले सेना, रक्षा मन्त्रालय र होमल्याण्ड सेक्युरिटी विभागमा विविधता, समानता र समावेश सम्बन्धी कार्यक्रमहरू प्रतिबन्धित गरेको छ । यसले जाति वा लिङ्गको आधारमा प्राथमिकता दिने अभ्यासलाई हटाउनेछ ।
अर्को आदेशले ८,००० भन्दा बढी सदस्यहरूलाई पुनर्स्थापित गर्नेछ । जसले कोभिड १९ खोप लगाउन अस्वीकार गरेका कारण सेवाबाट हटाइनु परेको थियो ।
व्हाइट हाउसका अनुसार तेस्रो कार्यकारी आदेशले ट्रान्सजेन्डर सैनिकहरूसम्बन्धी नीति निर्माण गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ । यो आदेशले ट्रान्सजेन्डर सैनिकहरूलाई तत्काल प्रतिबन्ध लगाउने छैन।
चौथो आदेशले इजरायलको ‘आयरन डोम’ जस्तै अमेरिकी रक्षा प्रणाली विकास गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । यी कार्यकारी आदेशहरू ट्रम्पले एयर फोर्स वनमा हस्ताक्षर गरेका थिए ।
संघीय सरकारभित्रका विविधता, समानता र समावेश ९म्भ्क्ष्० कार्यक्रमहरू हटाउनु ट्रम्पको मुख्य चुनावी वाचा थियो । कार्यालय सम्हालेको केही दिनमै उनले यो कार्यान्वयन गर्न थालिसकेका छन् ।
ट्रम्प प्रशासनले अमेरिकी सेनाबाट यी कार्यक्रमहरू हटाउँदा भर्ती स्तर सुधार गर्न सहयोग पुग्ने दाबी गरेको छ ।
भर्तीको चुनौती
सैन्य अधिकारीहरूले भनेका छन् कि आर्थिक वर्ष २०२३ मा सेना भर्ती लक्ष्यभन्दा ४१,००० जना कम भएको छ ।
रक्षा मन्त्री पिट हेगसेथले सैन्य प्रशिक्षणलाई युद्ध जित्न र तयारी गर्न केन्द्रित बनाउने बताएका छन् । सेनाहरूलाई शत्रुहरूलाई पराजित गर्न आवश्यक तयारी गराउनमात्र प्रशिक्षण केन्द्रित हुनेछ उनले भने।