अमेरिकी युद्धविराम प्रस्तावलाई घुमाउरो ढंगले रुसले अस्वीकार गरेको जेलेन्स्कीको दावी, थप प्रतिबन्ध लगाउन माग
प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन आव्हान गरेका छन ।
अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराम सम्झौता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिले कडा र चलाखीपूर्ण सर्त राखेको भन्दै जेलेन्स्कीले यो आव्हान गरका हुन ।
पुटिनले शान्ति चाहेका छैनन भन्ने उनले राखेका शर्त र प्रतिकृयाबाट स्पष्ट भएको छ उनले भनेका छन ।
अमेरिकी युद्धविरामको प्रस्तावलाई सहि भनेका पुटिनले यसरको कार्यन्वयनका लागि कठिन शर्तहरु राखेका छन । अमेरिकी वार्ता टोलीसँग संवाद भएपछि पुटिनको प्रतिकृया आएको हो ।
रुसले अमेरिकी प्रस्तावलाई सिधै अस्वीकार नगरेको देखिएपनि पुरा हुनै नसक्ने शर्तहरु अगाडी सारेर प्रस्तावमा सहमत हुन नसक्ने प्रस्ट रुपमा देखाएको जेलेन्स्कीले दावी गरेका छन ।
युक्रेनले कब्जा गरेको रुसको कुर्स्क क्षेत्रको विषयमा पुटिनले आफनो कडा अडान राखेका छन । पुटिनका अनुसार सो क्षेत्र अहिले रुसको पूर्ण नियन्त्रणमा छ । तर युक्रेन यो दावीलाई मान्न तयार छैन ।
युद्धविरामको निगरानी कसले गर्ने र युद्धविरामको अन्त्य भएको कसरी र कसले गर्ने भन्ने प्रष्टता आवश्यक रहेको पुटिनको भनाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाँडै युद्ध अन्त्य गर्ने योजनामा रुसको पछिल्लो शर्तले समस्या उत्पन्न गराएको छ ।
ट्रम्पले रुसले ३० दिने युद्धविराम सम्झौतालाई स्वीकार गर्ने आशा व्यक्त गरेका छन । उनले रुसले युद्धविराममा सहमति जनाएको देख्न आतुर रहेको बताए ।
रुसले फेब्रुअरी २०२२ देखि युक्रेनमा आक्रमण सुरु गरेको थियो ।