ग्रीनल्याण्डलाई अपमानित नगर्न ट्रम्पलाई प्रधानमन्त्री एगेडेको आग्रह


प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

ग्रीनल्यान्डका प्रधानमन्त्री म्यूट एगेडेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन । उनले विशाल आर्कटिक टापुको संभावित एकिकरणका विषयमा ट्रम्पले व्यक्त गरेको धारणाप्रति असहमति जनाउदै कडा टिप्पणी गरेका हुन ।

अमेरिकी राष्ट्रपतिले फेरि एकीकरण गर्ने विचार सार्वजनिक गरेका भन्दै प्रधानमन्त्री म्यूट एगेडेले फेसबुक पोष्टमा अझै अपमानित नगर्नुस भनेर लेखेका छन । अव अति भयो उनले पोष्ट गरेको लेखाइमा उल्लेख छ ।

प्रधानमन्त्रीले सबै ग्रीनल्यान्डका राजनीतिक दलका अध्यक्षहरूको बैठक चाँडै बोलाउने र ट्रम्पका टिप्पणीहरूलाई सम्बोधन गर्ने योजना बनाएको बताए । उनले सामूहिक बैठकले ट्रम्पको धारणालाई अस्वीकृत गर्ने विश्वास व्यक्त गरे ।

ग्रीनल्यान्ड डेनमार्कको आत्मशासन क्षेत्र हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खरिद गर्न चाहेको बताइरहेका छन । ट्रम्पले अमेरिकालाई अन्तर्राष्ट्रिय सुरक्षाको लागि ग्रीनल्यान्डको आवश्यकता रहेको बताएका छन ।

डेनमार्क जस्तै अमेरिका पनि १९४९ मा दोस्रो विश्वयुद्ध पछि गठित उत्तरी अटलांटिक सन्धि संगठन नेटोको संस्थापक सदस्य हो ।

डेनमार्कले १४ औं शताब्दी देखि संसारको सबैभन्दा ठूलो टापु ग्रीनल्यान्ड नियन्त्रणमा राखेको छ । तर ग्रीनल्यान्डले भने १९७९ देखि आत्म शासनको अधिकार प्राप्त गरेको छ ।

मंगलबार भएको चुनावमा डेमोक्रायटिट पार्टीले ग्रीनल्यान्डको संसद चुनावमा अप्रत्याशित जित हासिल गरेको छ । यो पार्टीले डेनमार्कबाट क्रमिक स्वतन्त्रताको समर्थन गर्दछ ।

डेमोक्रायटिटका नेता जेन्स फ्रेडरिक नीलसेनले ट्रम्पको ग्रीनल्यान्डलाई अमेरिकी क्षेत्र बनाउने पछिल्ला हप्ताका आह्वानहरुको आलोचना गरेका छन ।

अमेरिका र डेनमार्कका नागरिक हुने ग्रीनल्याण्डका नागरिकको कुनै पनि चाहना नरहेको उनले स्पष्ट पारेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com