बाइडेनले दिएको माफी रद्द गर्ने ट्रम्पको चेतावनी


प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनद्वारा कांग्रेसका सदस्यहरूलाई जारी गरिएको पूर्वसावधानी माफी रद्द गरेको घोषणा गरेका छन ।

बाइडेनले सन् २०२० को अमेरिकी चुनाव उल्ट्याउने प्रयासको अनुसन्धान गरेर ट्रम्पलाई क्रुद्ध बनाएका थिए ।

ट्रम्पसँग बाइडेनद्वारा जारी गरिएको राष्ट्रपतिको माफी रद्द गर्ने कुनै अधिकार छ कि छैन भन्ने स्पष्ट छैन ।

बाइडेनले पूर्व वरिष्ठ रिपब्लिकन सांसद लिज चेनी र कांग्रेसको समितिका अन्य सदस्यहरूलाई माफी दिएका थिए ।

उनीहरूले सन् २०२१ जनवरी ६ मा ट्रम्पका समर्थकहरूद्वारा क्यापिटलमा भएको आक्रमण र ट्रम्पले हारेको चुनाव उल्ट्याउन गरेको धेरै प्रयासहरूको अनुसन्धान गरेका थिए ।

बाइडेनले आफ्नो राष्ट्रपतिको कार्यकालको अन्त्यमा जारी गरेको माफी सन् २०२४ को चुनाव जितेमा उनीहरूसँग बदला लिने ट्रम्पको बारम्बारको वाचाबाट सांसदहरूलाई जोगाउन प्रभावकारी हुने अपेक्षा थियो ।

बाइडेनले पूर्व कोभिड महामारी सल्लाहकार एन्थोनी फाउची, सेवानिवृत्त जनरल मार्क मिले र–सम्भवतः सबैभन्दा विवादास्पद रूपमा–उहाँका छोरा हन्टर लगायत परिवारका नजिकका सदस्यहरूलाई पनि पूर्वसावधानी माफी जारी गरेका थिए ।

ट्रम्पले बारम्बार आफ्ना राजनीतिक विरोधीहरू विरुद्ध ‘प्रतिशोध’ लिने वाचा गरेका छन । केहीलाई आपराधिक अभियोजनको धम्की दिएका छन ।

यस जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले तुरुन्तै समर्थकहरूलाई माफी जारी गरेका थिए ।

यसमा सन् २०२१ जनवरी ६ मा बाइडेनको चुनावी विजयको प्रमाणीकरण रोक्ने प्रयासमा क्यापिटल भवनमा आक्रमण गरेको भन्दै दोषी ठहरिएका करिब एक हजार पाँच सय व्यक्ति रहेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com