युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप – ‘पुटिनले नै युद्ध लम्ब्याइरहेका छन्’
प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध लम्ब्याएको आरोप लगाएका छन्। उनले पुटिनले युद्धविराम प्रस्तावलाई बेवास्ता गरिरहेको भन्दै कडा प्रतिक्रिया दिएका हुन्।
जेलेन्स्कीले एक सन्देशमा भने, ‘यो युद्ध लम्ब्याउने पुटिन नै हुन्।’ उनले हालैको ३० दिने युद्धविराम प्रस्तावबारे टिप्पणी गर्दै भने, ‘एक हप्तासम्म पुटिन युद्धविराम प्रस्तावलाई हुन्छ भन्न पनि असमर्थ छन्।’
उनले अमेरिकी प्रस्तावित युद्धविरामको उद्देश्य मानव जीवन जोगाउने र कूटनीतिज्ञहरूलाई सुरक्षा र दिगो शान्ति सुनिश्चित गर्न काम गर्न अनुमति दिने रहेको बताए । उनले रूसले यस प्रस्तावलाई उपेक्षा गरिरहेको समेत जिकिर गरे ।
‘युद्धको प्रत्येक दिन मानव जीवनको सवाल हो’, जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत मस्कोलाई दबाब दिन आग्रह गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायलाई युद्ध अन्त्यका लागि ठोस कदम चाल्न अनुरोध गरेका छन्।