बानामा निर्वाचित भएमा आगो लागेपछि इनार खन्ने नभई आगो लाग्नै नदिने अभिप्रायले काम गर्नेछौँ
प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

अहिले म अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको वाल्टिमोर काउन्टीमा वसोवास गर्दे आएको छु । विगत वाह्र वर्ष देखि आफनो व्यावसायिक जीवनलाई अगाडि वढाईरहेको छु । मैले आफनो व्यवसायिक जीवन र पारिवारिक दायित्व पूरा गर्दे गर्दा र मेरिल्याण्डमा वस्दै गर्दा मैले नेपाली समुदायको लागि गर्न सकिने अवसरहरु आँखाको सामु देखेको छु ।
मैले आफनो विगत सम्झिदा, मेरा हजुरवुवाले आज भन्दा ६५ वर्ष अगाडि खोल्नु भएको शिक्षाको ज्योतिले मेरो मातृभूमि पर्वतका धेरैले जीवनमा अतुलनीय परिवर्तन आएको वताउनुहुन्छ । उहाँको सामाजिक काम देखि मैले मेरिल्याण्डमा गर्दे आएको विभिन्न कार्यहरु नै मलाई उत्प्रेरणा दिने माध्यम वनेका छन् ।
मैले वाल्टिमोर एशोसियसन अफ नेप्लीज ईन अमेरिका ( वाना) को अध्यक्ष पदमा उमेदवारी दिँदै गर्दा मेरा यी विषयहरूले अवश्य नै निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन भन्ने मलाई लागेको छ ।
यसैले मैले देखेको अवसरलाई कसरी संस्थागत रुपमा समुदायको हीतको लागि उपयोगी वन्न सक्छ भनेर म निकै चिन्तित पनि थिए । मैले मेरा आदरणीय दाई डेलिगेट हयारी भण्डारीसँग नजिक रहेर गरेका कतिपय कामहरु साँच्चै नै नेपाली समुदायको लागि उदाहरणीय वनेको छ। यसवाट सिकेको प्रक्रिया र यहाँको प्रणालीको अभ्यासले मलाई वृहद र व्यापक वाना वनाउन सहयोगी हुने विश्वास लिएको छु ।
वास्तवमा ,आम जनले जस्तै मलाई पनि सामाजिक कर्म गर्दा चुनौतीका पहाडहरु छन भन्ने हेक्का नभएको होईन । तर म एक प्रविधि र तथ्यांक सँग तथ्यपरक तरिकाले अभ्यास गर्ने व्यक्ति भएकाले मैले यसमा उमेदवारी दिने निर्णय गरेर अध्यक्षमा उभिएको छु । मलाई आदरणीय दिदी वहिनी ,दाजुभाईहरुले आफनो अमूल्य मत दिएर विजयी गराउनु हुने छ भन्ने विश्वास लिएको छु ।
मेरो टिममा वरिष्ठ उपाध्यक्षमा डा. एकता कोईराला, उपाध्यक्षमा गणेश भट्टराई ,महासचिवमा तारा खराल न्यौपाने, सचिवमा जनक पुन, कोषाध्यक्षमा राजेन्द्र रेग्मी रहनु भएको छ । यसै गरी वोर्ड अफ डाईरेक्टरमा अर्जुन क्षेत्री, डम्वर वहादुर वस्नेत, प्रा.डा कृष्ण विष्ट , निर्णय प्रधान र राजीव क्षेत्री रहनु भएको छ । यसरी मेरो टिममा मेरिल्याण्ड राज्यको विभिन्न भूगोल समेटने व्यक्तित्वहरु समावेश हुनु भनेको वानालाई वृहद वनाउने सोच पनि हो । यसै गरी उहाँहरु आफनो पेशा ,व्यवसायमा सक्षम,सवल र उत्कृष्ट क्षमता प्रदर्शन गरिसक्नु भएका व्यक्तित्वहरु हुनुहुन्छ ।
हामीहरुले भनेका छौं – अनेकतामा एकता, हामीहरुको सामूहिक प्रतिवद्धता । यसले धेरै कुराको सम्बोधन गरेको छ भन्ने मलाई लागेको छ।
किनकि मेरो टिममा आफनो पेशागत दक्षतामा र व्यावसायिक जीवनमा वर्षो अनुभव हासिल गरेर समुदायको लागि केही दिन सकिन्छ की भन्ने भावनाले ओतप्रोत हुनुभएका आदरणीय व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुको त्यही भावनलाई मैले संश्लेष्णात्मक तरीकाले समन्वय गरेर अगाडि वढने प्रतिवद्धता जाहेर गरेको छु ।
पारदर्शी वाना, हाम्रो चाहना
अहिले वानामा ४८०३ (निर्वाचन समितिले जारी गरेको सूचीमा आधारित) सदस्यहरु वन्नु भएको छ । ट्रष्टि,आजीवन सदस्य, साधारण सदस्यहरु रहनु भएकाले उहाँहरुले आफूले दिएको रकम कहाँ के कसरी खर्च हुन्छ भन्ने विषय थाहा नपाएको गुनासो गर्नु भएको छ । तसर्थ, हामीहरु वानालाई पारदर्शी वनाउन हरेक तीन –तीन महिनामा आय र खर्चको विवरणलाई पारदर्शी रुपमा वेभसाईट, आधिकारिक सामाजिक सञ्जाल र सदस्यहरुको ईमेलमा पठाउने योजना वनाएका छौं । साथैं, आजीवन सदस्यहरुको रकम अमेरिकन गैर नाफा मुलक संस्थाहरुले जस्तै ईन्डाओमेन्ट फण्डमा राखेर लेखा परीक्षण प्रणालीमा अपनाईने उत्कृष्ट अभ्यास मार्फत त्यसको सञ्चालन गरिने छ ।
दोश्रो, अमेरिकन सरकारी निकायमा दर्ता भएका गैर नाफामुलक संस्थाहरुको जस्तै कुनै पनि खरीद प्रक्रियामा अपनाईएको विधी, त्यसमा वोलपत्रको आव्हान र कुन बोलपत्र के कस्ता मापदण्डका आधारमा स्वीकृत गरिएको हो भन्ने विषयलाई एउटा रिपोर्ट मार्फत सार्वजनिक सुचनाको पहुँचमा राखिनेछ ।
तेश्रो, विगत बिस वर्षमा यस संस्थामा योगदान गर्नु भएका व्यक्तिहरुको ईतिहासलाई दस्तावेजीकरण गरेर प्रकाशन गरिनेछ । जव सम्म अग्रजहरुको सम्मान हुन्न तव सम्म संस्थाको स्थायित्वमा प्रश्न चिन्ह खडा हुन्छ ।
चौथो, स्वार्थको द्धन्द्ध ( Conflict of interest ) को परिधि भित्र रहेर सामाजिक संस्थाको सञ्चालन हुनु पर्छ । अमेरिकन गैर नाफा- मुलक संस्थाहरुले अपनाएको यो अभ्यासको प्रभावकारी कार्यान्वयन गरिनेछ । यो भनेको संस्थामा रहेका पदाधिकारीहरुले आफू संलग्न संस्थामा आर्थिक कारोवार गर्न नहुने , यस्तो निर्णय गर्दाको वैठकमा आफू नवस्ने जस्ता विभिन्न अभ्यास र विषयहरु रहेको मेरो जानकारीमा रहेको छ । यसले सामाजिक संस्थालाई शुद्धिकरणको प्रक्रियामा लैजाने मेरो विश्वास रहेको छ । साथैं, निहित स्वार्थ वोकेर सामाजिक संस्थामा जान चाहनेहरुलाई निरुत्साहित गर्छ भन्ने मेरो ठम्याई रहेको छ ।
पारदर्शी संस्था भएको खण्डमा मात्र हामीहरुले समुदायको हीतमा काम गर्न सक्छौं भन्ने विश्वास लिएको छु ।
के परिवर्तन गर्न चाहन्छौं ?
मेरो नेतृत्वमा रहेको टिम कोशिसमा आवद्ध रहनु भएका विभिन्न पेशा,व्यवसायमा संलग्न हुनु भएको टिमले अनेकतामा एकता – हामीहरुको सामूहिक प्रतिवद्धता भन्ने नाराका साथ चुनावी अभियानमा होमिएको छ । यसको मुख्य उद्देश्य भनेको परिवर्तनका लागि टिम कोशिस हो । जसमा संगठनको संरचना, पारदर्शीता, सामुदायिक हेल्प डेस्क देखि अमेरिकी स्थानीय, राज्य र संघीय सरकारसँग कसरी समन्वय गर्ने भन्ने विस्तृत खाका रहेको छ ।
खास गरि हामीहरु समुदायमा आउनु हुने नव आगन्तुक व्यक्तिहरुलाई स्वागत गरेर, उनीहरुलाई यस समुदायमा आउँदा कुनै समस्या परेको खण्डमा अल्पकालीन रुपमा वसोवास लगायतका विषयमा सहयोग गर्ने सोच रहेको छ । साथैं, हरेक दिन आईपर्ने समस्याहरुको सम्बोधन गर्न हेल्प डेस्कले काम गर्ने छ । यसले वास्तवमा नै समस्यामा परेकाहरुलाई समाधानको वाटो दिन सकोस र प्रवासी भूमिमा एक खालको अपनत्वको भावना जागरुक हुन सकोस भन्ने नै हो ।
यसै गरी विद्यार्थीहरुको समस्या ,जेष्ठ नागरिकहरुको स्वास्थ्यको समस्या लगायतका विषयमा पनि हेल्प डेस्कले समन्वयकारी ढंगले काम गर्नेछ ।
मैले वानाको सदस्यहरुको घरदैलो गर्दा या समुदायमा हिडदै गर्दा के पनि थाहा पाए भने, वानालाई बृहत र व्यापक देख्न चाहन्छन्।मेरिल्याण्डमा एउटा काउन्टीमा मात्र सीमित भएको वानालाई मेरिल्याण्डको १२ हजार ४१७ वर्ग माईल भित्रका नेपालीहरुको साझा संस्थाको रुपमा विकसित गर्नको लागि सुझाव आईरहेको छ । यसलाई हामीहरुले गम्भिर रुपमा लिएका छौं ,त्यसैले विकेन्द्रित वाना भन्ने अवधारणा ल्याएका छौं।
सदस्यहरुको सूचनाको पहुँचलाई सर्वसुलभ वनाउने देखि लिएर हरेक क्रियाकलापलाई रियल टाईम अर्थात तत्काल सम्बोधन गर्ने गरि सूचित गरिनेछ , उदाहरणको लागि यदि स्ट्रेट फेष्टिवल आयोजना गरियो भने त्यसको आम्दानी र खर्च विवरण कार्यक्रम सकिए पश्चात तुरुन्तै प्रकाशन गरिनेछ ।
अर्को मुख्य विषय भनेको हामीहरुले वालवालिकाको शिक्षामा ध्यान दिने छौं । विभिन्न तहका विद्यार्थीहरुको लागि काम गर्न, उनीहरुको विद्यालय या कलेज खोज्न र विभिन्न तहको छात्रवृत्तिको पहुँच पुरयाउनको लागि एउटा संयन्त्रले काम गर्ने छ ।
डिसी स्थित नेपाली राजदूतावाससँग सहकार्य र समन्वय गरेर आवश्यक पर्ने विभिन्न प्रशासनिक तथा अन्य कामको लागि समन्वय गरिनेछ ।
अन्त्यमा, मैले मेरिल्याण्ड वासी नेपालीहरुको क्षमता, दक्षता ,आर्थिक सुधार, वित्तीय साक्षरता जस्ता विषयहरुमा परिवर्तन गरेर उहाँहरुलाई अमेरिकाको जीवन यापनमा सहजीकरण वनाउन अधिकतम मेहनत गर्नेछु । हामीहरुले आगो लागेपछि ईनार खन्ने होईन, आगो लाग्नै नदिने अभिप्रायले हामी काम गर्नेछौं। आर्थिक अवस्थामा परिवर्तन ल्याउनका लागि व्यवसायी, पेशागत व्यक्तिहरु मार्फत नेटवर्किङ्ग वनाउनका लागि तीन- तीन महिनामा यस्ता सम्मेलनहरु आयोजना गर्नेछौ । जहाँ विश्वविद्यालयवाट दिक्षीत भएका विद्यार्थीहरुले अवसर पाउन, पूँजी निर्माण गर्नेहरुले थप लगानी गर्न सकून र जीवनलाई परिवर्तनको मार्गमा लैजान सकून् ।
( भण्डारीले मेरिल्याण्डमा रहेको वाल्टिमोर एशोसियसन अफ नेप्लीज ईन अमेरिका (वाना)को २०२५–२०२८ को लागि अध्यक्षमा उमेदवारी दिएका छन् । )