अमेरिकाको इलिनोयमा दुर्घटना, बालबालिकासहित ४ जनाको ज्यान गयो
प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

अमेरिकाको इलिनोय राज्यमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृतक मध्ये केही बालबालिका रहेका छन । केही बालबालिका घाइते भएका छन ।
बालबालिकाको लागि सञ्चालन गरिएको एक भवनभित्र गाडीले प्रवेश गरेपछि चार जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार, यो घटना चाथाम भन्ने गाउँमा रहेको “YNOT After School Camp” मा भएको हो ।
गाडीले बाहिर रहेका व्यक्तिहरूलाई ठक्कर दिँदै भवनभित्र प्रवेश गरेको थियो । त्यसपछि भवनको अर्को छेउबाट गाडी बाहिर निस्किएको थियो ।
ज्यान गुमाउनेहरूमा ४ वर्षदेखि १८ वर्षसम्मका बालबालिका छन् । घाइतेहरूलाई एम्बुलेन्स र हेलिकप्टरमार्फत अस्पताल लगिएको छ ।
गाडी चलाउने व्यक्ति भने घाइते नभएको र उनलाई जाँचको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । यस घटनाको अनुसन्धान जारी रहेको छ।
इलिनोइस राज्य प्रहरी घटनास्थलमा पुगेको बताएको छ। राज्यका गभर्नर जेबी दुःखद घडीमा पीडित समुदायलाई साथ दिनुपर्छ भनेका छन । उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन ।
चाथाम गाउँ इलिनोइसको राजधानी स्प्रिङफिल्डबाट करिब ४।८ किलोमिटर टाढा रहेको छ । त्यहाँको जनसंख्या करिब १४ हजार रहेको छ ।