बालक हत्याको विरोधमा हवाई फायर
प्रकाशित मिति : कार्तिक १०, २०७४ शुक्रबार
बालक हत्याको विरोधमा निकालिएको र्यालीमा प्रहरीले झापाको विर्तामोडमा तीन राउन्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न खोजेपछि पहिला १५ राउन्ड अश्रुग्यास हानेको तर भीड नियन्त्रण नभएपछि हवाई फायर गरिएको झापाका डिएसपी दिपेन्द्रकुमार बस्नेतले बताए।
हत्या आशंकामा तीन जनाविरुद्धमा बालका आफन्तले किटानी जाहेरी दिएका थिए।