सरकारले तराईमधेसका बाढीपीडितलाई प्याकेजमा राहत दिने


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

कात्तिक २०, सरकारले बाढी आएको झण्डै ५ महिना पुग्नै लाग्दा तराईरमधेसका बाढीपीडितलाई प्याकेजमा राहत दिने भएको छ ।
प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खामा बाढीले प्रभावित क्षेत्रका नागरिकलाई विशेष प्याकेज राहत दिने निर्णय गरेको हो।

विशेष राहत प्याकेज लैजान अर्थ मन्त्रालयलाई जिम्मेवारी दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। राहत प्याकेज के के कुरा छन् भन्ने खुलासा गरिएको छैन ।

एसियाली विकास बैठकबाट ग्रामीण सडक सञ्जाल विस्तारका लागि १ सय मिलियन अमेरिकी डलर ऋण सहायता लिने निर्णयसमेत बैठकले गरेको छ।

ऋण सहायता लिने सम्बन्धमा बैठकले वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामीण सडक स्तर उन्नति गरी कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने आशा गरिएको छ ।

बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा ल्याउने निर्णय गरेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com