रुकुमको मतपेटिकामा आगो लाग्यो
प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार
रुकुम, १० मंसिर – बाँफिकोट गाउँपालिका– ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ ।
मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ । मतपेटीकामा एसिड हालेको आशंकामा प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ ।