रोल्पामा सबैभन्दा बढी ८१ प्रतिशत मत खस्यो


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

मंसिर ११, काठमाडौँ पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तह निर्वाचनभन्दा झण्डै दश प्रतिशत कम मतदान भएको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा भएको मतदानमा तुलनात्मक रुपमा कम मतदान भएको हो। ३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आइतबार मतदान भएको थियो।

आइतबार कम मत खस्नुमा मौसमसहित अन्य कारण पनि रहेको प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले बताएका थिए।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार सबैभन्दा बढी मत डोल्पामा खसेको छ । डोल्पामा डोल्पामा ८१ प्रतिशत मत खसको छ। यस्तै, रसुवामा ८० र हुम्लामा ७९ प्रतिशत मत खसेको छ ।

सबैभन्दा कम मतदान रोल्पामा भएको छ। रोल्पामा जम्मा ५५ प्रतिशत मत खसेको छ। यस्तै, खोटाङमा ५६, भोजपुर ५७, कालिकोट ५७ र बैतडीमा पनि ५७ प्रतिशत नै मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com