मुम्बईको एउटा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, २० भन्दा बढी घाइते


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

पुस १४ मुम्बई । मुम्बईको लोअर परेलको एक भवनमा बिहीबार राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

घाइतेहरुलाई सायन र केईएम अस्पतालमा भर्ना गरिएको छ । सेनापति वापट मार्गस्थित एक चार तल्ले भवनको तेस्रो तल्लाबाट करिब साढे १२ बजेदेखि आगलागी भएको बताइएको छ ।

कमला मिल्स कम्पाउन्डमा रहेको भवनमा के कारणले आगलागी भयो भन्ने हालसम्म खुल्न सकेको छैन ।

केही मिडियामा उक्त घरमा एउटा बार भएको खबर आए पनि यसको पुष्टि हुन सकेको छैन ।

बिएमसीको डिजास्टर म्यानेजमेन्टको टोली पुगेर त्यहाँ आगलागी नियन्त्रण तथा उद्धारको प्रयार शुरु गरेका थिए । करिब २ बजेर ४५ मिनेट जाँदा आगलागी नियन्त्रणमा आएको थियो ।

 

आगलागी नियन्त्रण गर्न आठ वटा फायर टेन्डर्स र पाँच दमकल प्रयोग गरिएको थियो ।

घटनाको बेला भवनको तेस्रो तल्लामा करिब ५० जना रहेका थिए । मारिनेमा ११ महिला र ३ पुरुष रहेका छन् । पोष्टमार्टम रिपोर्टका अनुसार धेरैको मृत्यु श्वास फेर्न नसकेर भएको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुःख व्यक्त गरेका छन् ।

एजेन्सी

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com