प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
प्रकाशित मिति : पुस १९, २०७४ बुधबार
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष
नेताको बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभएको छ ।
रासस