लागूऔषधसहित नवलपरासीमा दुई युवा पक्राउ


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

नवलपरासीको भारतीय सीमा नाका महेशपुरबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब निरीक्षक हरीबहादुर बस्नेतको कमाण्डमा खटिएको सीमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले भारतको ठुटीबारीबाट लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा कास्की लेखनाथ महानगरपालिका–१४, भेडीफारम बस्ने १७ वर्षका अमर जिसी र स्याङ्जा फेदीखोला गाउ“पालिका–२, बस्ने ३१ वर्षका विमल गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com