मुटु रोगको मेरिडियनमा निःशुल्क शिविर
प्रकाशित मिति : माघ २९, २०७४ सोमबार
माघ २९, काठमाडौं । महाराजगञ्जस्थित मेरिडियन हेल्थ केयर सेन्टर प्रालिमा मुटु रोगको निःशुल्क शिविर सञ्चालन भएको छ। मुटु रोग विशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठको संयोजकत्वमा भएको शिविरमा १ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ।
जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगको समस्या बढ्दै गएको भन्दै समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना गरिएको डा. श्रेष्ठले जानकारी दिए।