निर्वाचन आयोगका पदाधिकारी समानुपातिकको अन्तिम नतिजासहित पुगे, राष्ट्रपति कार्यालयमा


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

फागुन २, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदैछ । आयोगका प्रवक्ता नवराज ढकालले आफूहरु प्रतिवेदन बुझाउन लागेको बताए ।

उनले भने, ‘हामी राष्ट्रपति कार्यालयमै छौँ ।’ काँग्रेस र माओवादी केन्द्रले सच्याएको सूची बुझाएपछि आयोग पदाधिकारी निर्वाचन आयोग पुगेका हुन् ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् । देउवाका एक सहयोगीले प्रधानमन्त्री सेना दिवसको कार्यक्रममा व्यस्‍त भएका कारण वुधबार अबेर भएको छ, अब बिहिबार बिहान मात्रै राष्ट्रका नाममा सम्बोधन हुने छ ।

उनले भने, आयोगले वुधबारै निर्वाचन परिणामको प्रतिवेदन बुझाए पनि प्रधानमन्त्रीले विहिबार मात्रै राजीनामा दिनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com