१६ तोलाको सिक्रीसहित एक जना पक्राउ
प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार
फागुन ५, काठमाडौं । १६ तोलाको सुनको सिक्रीसहित रसुवामा एक व्यक्ति पक्राउ परेका छन्।
गोसाईकुण्ड गाउँपालिका वडा नं. २ रसुवागढी स्थित नेपाल–चीन सीमा काभ्रे ज्यामी घर भएका पब बहादुर सुनारलाई प्रहरीले १६ तोलाको सिक्रिसहित पक्रउ गरेको हो। प्रहरी चौकी रसुवागढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेपछि उनले सो सिक्री आफ्नो गहना भएको बताएका थिए। अनुसन्धानका क्रममा गहनाका नाममा चीनबाट सिक्री तस्करी गरेको प्रहरीले जनाएको छ। बरामद सिक्री करिब ८ लाख रुपैयाँ मूल्य बराबरको छ।
पक्राउ परेका सुनारमाथि भन्सार कार्यालयले कारबाही अघि बढाएको छ।