उपचारका लागि खुमबहादुर खड्कालाई दिल्ली लगिँदै


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

 

फागुन ५, काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता खुमबहादुर खड्कालाई  दुई दिनअघि गम्भीर अवस्थामा नर्भिक अस्पताल भर्ना   गरिएको  थियो। उनलाई थप उपचारका लागि आइतबार दिल्ली लगिँदैछ।

नर्भिक अस्पताल स्रोतका अनुसार मिर्गौला तथा कलेजोसम्बन्धी बिमारीका लागि लामो समयदेखि उपचार तथा औषधि सेवन गरिरहेका खड्कालाई ‘माइल्ड स्ट्रोक’ भएपछि बिहीबार अस्पताल पुर्‍याइएको थियो।

तर, शुक्रबार रातिदेखि उनको मुटुको चालमा असामान्य तीव्रता देखिएपछि थप उपचारका लागि उनलाई दिल्लोस्थित अपोलो अस्पताल लाने निर्णय परिवार र अस्पतालले गरेको हो।

एयर एम्बुलेस उपलब्ध हुन नसकेपछि आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट उनलाई दिल्ली लगिने स्रोतले बतायो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com