ओली प्रचण्डबीच पार्टी एकता घोषण गर्ने सहमति, अब विवाद छैन : प्रचण्ड


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति भएको छ ।

आज विहान भक्तपुरको एक निजी घरमा भएको दुई शिर्ष नेताको छलफलले सैद्धान्तिक रुपमा असहमत विषय महाधिवेशनबाट टुंगो लगाउनेगरी सहमति भएको प्रचण्ड निकट सहयोगीले बताए ।

अब पार्टी एकता घोषणा गर्न कुनै कुराले छेक्ने अवरोध नरहेको प्रचण्डले बताए ।

दुई शिर्ष नेताबीचको छलफल लगत्तै दुवै सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर सम्बृद्धि सम्बन्धी कार्यदलको रिपोर्ट बुझ्न पुगेका छन् ।

भोलि पार्टी एकता संयोजन समितिको बैठक बसी पार्टी एकता घोषणा गर्ने तयारी रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com