वित्तीय कारोबार कानून विपरीत गर्ने इन्भेष्टमेन्ट कम्पनीका ८ जना संचालक पक्राउ


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

 

फागुन ७, काठमाडौं। कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेस्टमेन्ट प्रालिका आठ जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुनसरी र मोरङमा अवैध रुपमा संचालन गर्ने कम्पनीका संचालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा आपन इन्भेष्टमेन्ट प्रालिका संचालक श्याम पेशकार थारु र भिमप्रसाद चौधरी, हलेसी इन्भेष्टमेन्ट प्रा।लि। धरानका संचालक चन्द्र विक र अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा।लि। विराटनगरका संचालक राजु शाह, इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, इटहरीका सुनिल गुरागाई र इन्भेष्टमेन्ट प्रालि इटहरी डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्य रहेका छन्।

नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोबार गर्ने अनुमति नलिई गैर कानूनी तवरले आफूलाई प्राप्त कानूनी दायरा विपरित स्थानीय जनताहरुसंग बचत संकलन तथा ऋण प्रवाह गर्ने लगायतको वित्तीय कारोवार गरिएको देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com