पार्टी एकता ७ बुँदे सहमतिमा चिनियाँ चासो


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले एमाले र माओवादी बीच भएको सात बुँदे सहमतिमा चासो देखाएका छन् । सहमति भएको भोलिपल्टै आज मंगलवारनै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर येझाऊले ७ बुँदेमा चासो व्यक्त गरेका छन् ।
सोमबार राति बालुवाटारमा एमाले र माओवादीबीच पार्टी एकताका सात आधारमा हस्ताक्षर भएको थियो । सहमति भएको २४ घण्टा नबित्दै येझाऊ माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका छन् ।

 

भेटवार्तामा सात बुँदे सहमतिपछिको राजनीतिक घटनाक्रम तथा चीन र नेपाल बीच आपसी सहयोगबारे छलफल भएको बताइएको छ । प्रचण्डले सहमतिलाई नेपाली इतिहासको दूरगामी परिघटना भएको समेत बताएका छन् ।

चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन् ठूलो सहयोग गर्नेसमेत बताएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेखेको पुस्तक ‘द गभर्नेन्स अफ चाइना(२’ हस्तान्तरण पनि गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com