प्रचण्डको सुरक्षामा नयाँ डिएसपी, नेपाल र सशस्त्र गरी ५९ जना प्रहरी


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

प्रकाश ढुंगाना

एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा नयाँ डिएसपी खटिएका छन्।

विशेष सुरक्षा कार्यदलले डिएसपी सन्तोषसिंह राठौंरलाई प्रचण्डको सुरक्षार्थ खटाएको छ। राठौंर यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए।

प्रचण्डको सुरक्षामा खटेका डिएसपी दानबहादुर मल्ललाई दरबारमार्ग प्रहरी वृतमा सरुवा गरेपछि राठौंरलाई मल्लको ठाउँमा खटाइएको हो।

राठौंरको कमाण्डमा २९ जना नेपाल प्रहरी प्रचण्डको सुरक्षामा खटिनेछन्।

यसबाहेक सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक खेम ठगुन्नासहित ३० जना प्रहरी पनि प्रचण्डको सुरक्षार्थ खटिदैँ आएको छन्।

सुरक्षा थ्रेट बढ्न सक्ने भन्दै ५९ जना प्रहरी प्रचण्डको सुरक्षार्थ खटाइएको गृह मन्त्रालयले जनाएको छ।

प्रचण्डको सुरक्षामा खटाइएका नयाँ डिएसपी राठौंर यसअघि धनुषा, गौशाला, स्वयम्भु, नगर प्रहरीमा कार्यरत थिए। प्रहरीको विशेष अप्रेसन उनको कमाण्डमा हुँदै आएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com