पार्टी एकता गर्ने निर्णय गर्नु जनयुद्ध सुरु गर्नु भन्दा पनि ठूलो उपलब्धि : प्रचण्ड
प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसीयाली छाउनु साथै ठूलो उपलब्धी भएको तर्क गर्नुभयो ।
उहाले वामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतको बन्न लागेको दावी गर्नुभयो ।
उहाले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको बताउनुभयो ।