सिरियामा भैरहेको नरसंहारको विरोधमा विद्यार्थी संगठनले धर्ना दिने


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

सिरियामा भैरहेको मानव नरसंहारको विरुद्धमा मंगलबार संयुक्त विद्यार्थी संगठनले नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालय अघि धर्ना दिने भएका छन् ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनको मंगलबार बिहान बसेको बैठले सिरियामा  भैरहेका आक्रमणबाट दिनँहु सयौं बालबालिकासहित हजारौंको ज्यान गएको भन्दै संयुक्त राष्ट्रसंघीय कार्यालय अगाडि धर्ना दिने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो ।

विद्यार्थी संठगनले सिरियामा मानव नरसंहार बन्द गर्नुपर्ने, मानवअधिकारको रक्षा गर्नुपर्ने, विद्यार्थीलाइ पढ्न दिनुपर्नेलगायतका माग राखेर धर्ना दिने विद्यार्थी नेताहरुले जनाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com