नारायणगढ–मुग्लिन सडकखण्ड होलीलाई मध्यनजर गरी फागुन १७ र १८ गते खुल्ने


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

फागुन १६, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने भएको छ । होली पर्वलाई मध्यनजर गरी फागुन १७ र १८ गते दुई दिन नारायणगढ–मुग्लिङ बन्द नहुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार यस सडक खण्डमा सवारी आवागमन बन्द नभई सुचारु रहने भन्ने व्यहोरा जानकारीको लागि अनुरोध गरेको बताए ।

रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड भोलिदेखि दुई दिन खुला रहने समेत सबैमा उनले जानकारी गराए । होली पर्व देशैभरिबाट आउने जाने क्रम हुने भएकाले दुई दिनलाई सडक खुला गरिएको हो । ट्राफिक प्रहरीले आज सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो । यस सडकमा अहिलेसम्म ७४ प्रतिशत मात्रै काम पूरा भएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com