होलीकै दिन बिदा दिन आग्रह


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

सरकारले अघिल्लो दिन नै होली पर्व मनाउन दिएको सार्वजनिक बिदाको विषयमा झापाली जनताले दुःख व्यक्त गरेका छन्् ।

वर्षौंदेखि तराईमा फागू पूर्णिमाको प्रतिपदाका दिन अर्थात् पहाडमा अघिल्लो दिन र तराईमा दोस्रो दिन हाली पर्व मनाउँदै आएकामा गएको वर्षदेखि झापालाई पहाडकै जिल्लामा गाभेर पहिलो दिन नै सार्वजनिक बिदा दिन थालेको हो ।

बिहीबार होली भनिए पनि आमनागरिकले होली पर्व मनाउन उत्साहित देखिएन भने आज बिहानैदेखि युवायुवती होली पर्व मनाउनमा व्यस्त देखिन्छन् ।

रंग र अबिर लगाउने तथा पिचकारी प्रयोग गरी यो पर्व हर्षोल्लासका साथ मनाउँंदै छन् भने बजारमा रंग, अबिर, फलफूल, मिठाई र मासुको बिक्री आज बढेको पाइएको छ ।

तराईमा आज होली भएको तर झापामा आज सार्वजनिक बिदा नभएकाले सरकारी कार्यालय पनि सुनसान देखिन्छ । कार्यालय खुला भए पनि सदरमुकामभन्दा बाहिरबाट आउने कर्मचारी कार्यालयमा देखिँदैनन् भने सेवाग्राहीको पनि उपस्थिति देखिँदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com