राष्ट्रपतिको लागि झलनाथलाई सघाउन वामदेव गौतमको आग्रह
प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार
एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुका एक हुल नेता कार्यकर्ता विहीबार वामदेव गौतम निवास भैंसेपाटी पुगेका थिए ।
नरेश शाही, राधिका खतिवडा लगायत झलनाथ-माधव गुटका कार्यकर्ताले गौतमलाई राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भन्दै उक्साए ।
गौतमले आफू राष्ट्रपतिको उम्मेदवार नबन्ने बताएपछि उनीहरुले उसोभए जेएन कामरेड (झलनाथ खनाल) लाई सघाउन आग्रह गरेका थिए ।
जवाफमा गौतमले भने- अहिले पार्टीमा केपी ओलीको एकलौटी चलेको बेला छ । देखिहाल्नुभयो, प्रदेशका मुख्यमन्त्री छनोटदेखि मन्त्रीसम्म ।
झलनाथप्रति म सकारात्मक नै छु, तर त्यस्तो वातावरण आउलाजस्तो लाग्दैन ।
आगामी फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेले फागुन २२ सम्म आफ्नो उम्मेदवार तय गरिसक्नुपर्ने छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै दोहोरिने अधीक सम्भावना रहेको भनिएका बेला एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनालले आफ्नो लागि लबिङ तीब्र पारिरहेका छन् ।