बिहीबार प्रधानन्यायाधीश पराजुलीले दिए, राजीनामा
प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार
चैत १, काठमाडौं । पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाएका छन् ।
मंगलबार पदमुक्त भएका प्रधानन्यायाधीश पराजुलीले बिहीबार बिहान राजीनामा बुझाएका हुन् ।
पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेका थिए ।