२ वर्षभन्दा बढी बसेका भिआईपीको पिएसओ तानिदै
प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार
गृह मन्त्रालयले २ वर्षभन्दा बढी एकै व्यक्तिको सुरक्षामा रहेका सुरक्षाकर्मीलाई फिर्ता बनाउने भएको छ।
भिआईपी तथा भीभीआईपीको सुरक्षा ब्यवस्था कार्यविधि २०६९ लाई वेवास्ता गर्दै एकै ब्यक्तिको सुरक्षामा ५ वर्षभन्दा बढी बस्ने सुरक्षाकर्मीको पहिचान गरी फिर्ता बोलाइने गृह मन्त्रालयका प्रवस्ता रामकृष्ण सुवेदीले सेतोपाटीलाई जानकारी दिए।
‘भीआईपी सुरक्षा कार्यविधि २०६९ अनुसार काम भएको छ छैन हामी अध्यन गर्छौ, त्यसका लागि सम्बन्धित सुरक्षा निकायसँग बिवरण मागेका छौं,’ प्रवक्ता सुवेदीले सेतोपाटीसँग भने।
नेपाल प्रहरीलगायत सबै सुरक्षा निकायलाई भीआईपीको सुरक्षामा खटिनेको मितिसमेत उल्लेख गरी बिवरण माग गरेको उनले जानकारी दिए।
‘भीआईपी सुरक्षा कार्यविधि २०६९ लाई लत्याएर एकै ब्यक्तिकोमा ५ वर्ष भन्दा बढी बसेकोबारे सेतोपाटीले यस अघि समाचार सार्वजनिक गरेको थियो।
‘भीआईपी सुरक्षा कार्यविधि २०६९ को बेवास्ता गर्दै सुरक्षाकर्मी राख्ने राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र नेताहरूको बिवरणसहित सेतोपाटीले समाचार सार्वजानिक गरेको थियो।