ओली सरकार राज्यसत्ता कब्जा गर्न अग्रसर-शेखर कोइराला


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ओली सरकार राज्यसत्ता कब्जा गर्न अग्रसर रहेको बताएका छन् ।

तर, अहिलेको कांग्रेस अधिनायकवादविरुद्ध लड्न नसक्ने उनले बताए ।

सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले केपी ओली सरकारका प्रारम्भिक क्रियाकलापले नै मुलुकमा अधिनायकवाद निम्त्याउने संकेत देखिएको बताएका हुन् ।

‘न्यायपरिषदको सचिवले प्रधानन्यायधीशलाई बर्खास्त गर्नू अधिनायकवाद प्रवेशको पहिलो खूड्किलो हो’ उनले अघि भने, ‘ओली सरकारले अब बिस्तारै थाहा नपाउने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ ।

त्यसपछि सूरक्षा निकाय कब्जा गर्छ ।’

उनले अघि भने, ‘काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर, अहिलेको यस्तो काग्रेंसले लड्न सक्दैन ।’

प्रचण्ड प्रधानमन्त्री भएपछि आफूले सभापतिलाई ‘पार्टी त कब्जा गर्नुभयो तर, देश कम्युनिष्टले कब्जा गर्छ’ भनेको स्मरण गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com