आज सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै


प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार

चैत १८, काठमाडौं । सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदैछ । यी दुवै कम्पनीका बिक्री प्रबन्धकहरुले दिएको जानकारीअनुसार आज दिउँसो २ बजे चिलिमे हाइड्रोपावर कम्पनीको कार्यालय धुम्बराहीमा आइपीओ बाँडफाँट हुनेछ ।

यी दुवै कम्पनीले पहिलो पटक कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता कम्पनीका कर्मचारी, रसुवा जिल्ला स्थानीय तहका कर्मचारीलाई सेयर बिक्री गरेका थिए । आज भने पहिलो चरणमा बिक्री गरिएको सेयर मात्र बाँडफाँट गर्न लागिएको हो ।

सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म र कर्मचारीहरुका लागि चैत ५ देखि १३ गतेसम्म सेयर बिक्री खुला गरिएको थियो । आवेदक धेरै भएकाले गोलाप्रथा प्रणालीबाट सेयर बाँडफाँट हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com