हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न (फोटो फिचर)
प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार
काठमाण्डुको हाँडीगाउँमा गहना खोज्ने जात्रा आज सम्पन्न भएको छ । हाँडीगाउँस्थित गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ । टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडे सँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने आख्यान पाइन्छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष खोज्ने गरिएको भनाइ छ । बलि दिइएको राँगाको रगतले नुहाएका (पोडेद्यला) पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवीको गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ । टुडालदेवी मन्दिरको पूजारी अधपि पोडे (द्यलाः) जातको हुने गर्दछ् ।