सरकारले सिन्डिकेटको पक्षमा सेवा रोक्ने सवारीहरुको रुट परमिट खारेज गर्ने
प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार
सरकारले सिन्डिकेटको पक्षमा सेवा रोक्ने सार्वजनिक सवारीहरुको रुट परमिट खारेज गर्ने भएको छ ।
त्यसका लागि गृह मन्त्रालयको सूचना संयन्त्रले मयूर यातायातको बिरोधमा चलाउन बन्द गरिएका सवारीहरूको विवरण लिन सुरु गरेको छ ।
मयूर यातायात प्रालिका सुविधासम्पन्न २४ बसलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबारदेखि नेपाल यातायात व्यवसनयी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा संघ/समितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारी चलाउन छाडेका छन् ।
यसरी सिन्डिकेटका पक्षमा बन्द गरिएका सवारीहरुको रकर्ड प्रहरी तथा ट्राफिक प्रहरीले लिन सुरु गरेका छन् ।
गुप्त रुपमा यो सूचना संकलन थालिएको र सो सूचना यातातायात व्यवस्था विभागमा पठाइने गृहमन्त्रालय स्रोतले बतायो ।