बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

फाइल तस्वीर

चैत २२, काठमाडौं– वाम एकताका लागि पार्टी एकता संयोजन समितिको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा २ कार्यदलले पेश गरेको प्रतिवेदन तथा एकताका सम्बन्धमा सुल्झाउन बाँकी रहेका विषयमा छलफल भइरहेको छ। बैठक बिहान ९ बजेबाट सुरु भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि एकता प्रक्रियामा बाँकी रहेका मतभेदहरुलाई सुल्झाउने प्रयासस्वरुप एकता संयोजन समितिको बैठक बसिरहेको बैठकमा सहभागी एक नेताले बताए।

यसअघि कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आगामि वैशाख ९ गते पार्टी एकता गर्न दुवै पार्टी सहमत भएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com