मन्त्रीकै घरबाट ढोकाको ताल्चा फुटाएर करिब ६ लाख रुपैयाँको धनमाल चोरी


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

काठमाडौंमा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार एक मन्त्रीकै घरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रदेश ३ का भौतिक पूर्वाधार तथा निर्माण मन्त्री केशव स्थापितको महांकालस्थित घरमा चोरी भएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार ढोकाको ताल्चा फुटाएर चोरी भएको हो । मन्त्री स्थापितका छोराले प्रहरीमा उजुरी गरेपछि अपराह्न करिब ५ बजे प्रहरी उनको घरमा पुगेको थियो ।

प्रहरीका अनुसार स्थापितको घरबाट सुन लगायत धनमाल चोरी भएका छन् ।

मन्त्री स्थापितको घरमा काम गर्ने एक महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

शंकास्पद व्यक्तिहरुमाथि छानबिन भइरहेको बौद्ध वृत्तका प्रहरीले जानकारी दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com