बुढानिलकण्ठका कार्यकारी अधिकृत र इञ्जिनियर ५ लाख घुससहित रंगेहात पक्राउ


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

सोमबार राति ८ बजे अख्तियारको टोलीले उनीहरुलाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नं ३ को कार्यालय नजिकै घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता दिर्घराज मैनालीले जानकारी दिए ।

अख्तियारले उनीहरुको साथबाट ५ लाख नगद र दुर्इ थान सवारी साधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com