बस दुर्घटना हुँदा पर्वतमा २१ जना घाइते


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३, पर्वत । – मोदी गाउँपालिका–५, बाउसेमा बिहीबार साँझ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

तिलाहारबाट बाजुङ जाँदै गरेको यात्रुवाहक ग १ ख ६२६९ नम्बरको बस साँझ ४ः२० बजे दुर्घटनामा परेको हो । घाइते २१ जनामध्ये ९ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने बाँकी १२ जनाको मणिपाल अस्पताल, पोखरा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइतेमध्ये धेरैजसोको टाउको र हातखुट्टामा चोट लागेकोे छ । भने घाइतेको अवस्था सामान्य रहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार गाडीमा ३५ जना यात्रु सवार थिए भने चालकले घुम्ती मोड्ने बेला दुर्घटना भएको अनुमान गरिएको छ । घाइते हुनेमा मोदी गाउँपालिका आसपासका यात्रुहरु रहेका छन् ।
गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com