पर्यटन क्षेत्रमा कर्जा वृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रमा कर्जा वृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई नीतिगत सहुलियत प्रदान गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा प्रवाह गर्ने कर्जा मध्ये ५ प्रतिशत पर्यटन क्षेत्रमा लगानी गनुपर्ने नीतिगत व्यवस्था गर्न नयाँ निर्देशन जारी गरेको छ । पर्यटन क्षेत्रमा लगानी बिस्तार गर्न राष्ट्र बैंकले नयाँ ब्यवस्था गर्न लागेको हो ।

राष्ट्र बैंकले जारी गर्न लागेको ब्यवस्थालाई बिस्तार गर्न बैंक तथा बिभिन्न नयाँ ब्यवस्थाले बैंक तथा वित्तीय क्षेत्रलाई पर्यटन क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने राष्ट्रबैंकले जनाएको छ ।

राष्ट्र बैंकको जारी गर्न लागेको नयाँ निर्देशनले ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, ¥याफ्टिङका साथै क्याम्पिङ, टुर अप्रेटर, हिलिङ सेन्टर, क्यासिनो, लगायतका क्षेत्रलाई समेटिने बैकले जनाएको छ । अघिल्लो व्यवस्थामा पर्यटन क्षेत्रभित्र ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट,¥याफ्टिङ, होटल, मनोरञ्जन, रिक्रिएसन, चलचित्र सम्बन्धि उद्योगलाई समेटिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com