राष्ट्रिय सभागृहलाई पुनः नयाँ ढंगबाट साजसज्जा गरिदै


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

करीब चार वर्ष पहिला दक्षिण एसियाली सहयोग संगठन(सार्क) शिखर सम्मेलनको समयमा नयाँ स्वरुपमा मर्मत गरिएको राष्ट्रियसभा गृहको पुन मर्मत र रंगरोगन गर्ने कार्य तीब्र पारिएको छ ।

काठमाडौं महानगरपालिकाले २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्ने भए पछि राष्ट्रिय सभागृहलाई नयाँ रुपमा सजाउन लागिएको हो ।

मुलुकले कुनै ठुला अन्तर्राष्ट्रिय सभा सम्मेलन गनुपर्दा प्रयोग गर्न भन्दै करिव चारवर्ष पहिला केही नया संरचना थप्दै राष्ट्रियसभा गृहलाई नया स्वरुप प्रदान गरिएको थियो ।

मुलुककै एक मात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्दको रुपमा रहेको बीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द संसद भवनको रुपमा प्रयोग गर्न थालिएसंगै खड्किएको सभाहलको अभाव कम गर्न राष्ट्रियसभा गृहको ममर्त तथा पुननिर्माण गरिएको थियो ।

तर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनका लागिमात्र प्रयोग गर्न भनेर पुनर्निर्माण गरिएको राष्ट्रियसभा गृह पछिल्ला वर्षहरुमा राजनीतिक दलका कार्यक्रमहरुमा समेत प्रयोग हुन थाले पछि सभाहलका कुर्ची तथा अन्य सामग्रीहरुमा विग्रिएका थिए ।

काडमाण्डौ महानगरपालिकाले २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्ने भएसंगै राष्ट्रिय सभागृहले मुहार फेर्ने भएको छ ।

राजनीतिक दलका कार्यक्रमहरुलाई प्रयोगमा नदिने भने पनि प्रधानमन्त्री तथा मन्त्रीहरु सहभागी हुने कार्यक्रमहरुकोलागि हल प्रदान गर्नु वाध्यता रहेको महानगरपालिकाको भनाई छ ।

महानगरपालिकाले आर्थिक आर्जनको स्रोत बनाउँदा राष्ट्रियसभा गृहको हाल बेहाल बन्दै आएको प्रष्ट छ । कुनै पनि कार्यक्रमलाई नदिदा माकुराले जालो हाल्ने तर्क गर्ने महानगरपालिकाले अब भने यस्को समूचित प्रयोगमा ध्यान दिनै पर्ने भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com