भारतीय प्रम माेदीद्वारा मुक्तिनाथमा पूजा-अर्चना, जाेमसाेम हुँदै काठमाडाैं फर्किने


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

नेपाल भ्रमणकाे दाेस्राे दिन अाज भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीद्वारा मुक्तिनाथ मन्दिरमा पूजा-अर्चना गरिएकाे छ।

अाज बिहानै मुक्तिनाथ दर्शनका लागि मुस्ताङस्थित मुक्तिनाथ अाइपुगेका माेदी यहाँ करिब अाधा घण्टा जति पूजा अर्चनामा सहभागी भएका हुन् । उनले विशेष विधिद्वारा पूजा अर्चना सम्पन्न गरेका हुन् ।

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माेदीलार्इ मुक्तिनाथमा स्वागत गरेका थिए । मोदी प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा-अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

पूजापछि मोदीले मुक्तिनाथकाे १०८ धारामा जल शेचन गरेका थिए भने मुक्तिनाथकाे रमणीय एवं शीतल परिवेशमा केही बेर टहलिँदै अानन्द लिए । उनका लागि मुक्तिनामा रेड कार्पेट बिछ्याएर स्वागत गरिएकाे थियाे ।

उनलार्इ स्थानीय संस्कृति अनुसार परम्परागत बाजागाजा र झाँकी प्रदर्शन गर्दै स्वागत तथा बिदाइ गरिएकाे हाे । माेदी अाफैँले समेत स्थानीय बाजा बजाएर अानन्द लिएका छन् ।

स्थानीय हिमाली समुदायले लगाउने टाेपी माेदीलार्इ लगाइदिएर सम्मान गरिएकाे छ । माेदीलार्इ हेर्न भेला भएका स्थानीय जनतासँग उनले हात मिलाउँदै, अँगालाे समेत मारेका छन् । माेदीलार्इ पुष्पगुच्छा र खादा अर्पण गरेर उनीहरूले न्यानाे अातिथ्य दर्शाए ।

निषेधित मन्दिरमा भारतीय पत्रकारले खिचे फाेटाे

मुक्तिनाथकाे मूल मन्दिरमा पर्यटकलार्इ फाेटाे खिच्न मनाही छ । आजसम्म कुनै पनि पर्यटकहरुले मुख्य मन्दिरमा फोटो खिच्न पाएका थिएनन् तर आज भारतीय टेलिभिजनका पत्रकारलार्इ खुलेआम फाेटाे, भिडियाे खिच्न छुट थियो ।

यसमा नेपाल पत्रकार महासंघ मुस्ताङले भत्सर्ना गरेकाे छ । महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले नेपाली पत्रकारहरूमाथि मुक्तिनाथमा विभेद समेत गरिएकाे बताएका छन् ।

माेदीकाे सुरक्षा संवेदनशीलतालार्इ ख्याल गर्दै सुरक्षा व्यवस्था कडा बनाइएकाे थियाे । तर रिपाेर्टिङका लागि यहाँ पुगेका केही पत्रकारहरुलार्इ सकसपूर्ण वातावरणमा राखियाे । जबकि भारतीय पत्रकारलार्इ खुलेआम छाेडिएकाे थियाे । माेदीकाे सुरक्षा घेरामा पनि भारतीय सुरक्षाकर्मीलार्इ नै पहिलाे घेरामा राखियाे ।

माेदी बिहान ६ः३० बजे हेलिकोप्टरमार्फत काठमाडाैंबाट मुक्तिनाथ पुगेका थिए । अाजै जाेमसोमकाे समेत भ्रमण गरी माेदी हेलिकोप्टरमार्फत नै काठमाडौं फर्किन लागेका छन् । काठमाडौंमा माेदी पशुपतिनाथकाे दर्शन गर्ने र नागरिक अभिनन्दन समाराेहमा सहभागी हुने कार्यक्रम रहेकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com