चिनियाँ राष्ट्रपति सी जिनपिङ सबैभन्दा शक्तिशाली पहिलो नम्बरमा


प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार

फोर्ब्स’ले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई यस वर्षको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा चित्रित गरेको छ ।

पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिको सूचीमा सी सन् २०१८ को लागि पहिलो नम्बरमा परेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीको ‘नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार’ लाई चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो विधानमा समावेश गरेपछि माओपछि सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका हुन् ।

दोस्रो शक्तिशाली व्यक्तिमा रसियाका राष्ट्रपति भ्लादमिर पुटिन छन् ।सन् २००० देखि सत्तामा रहेका पुटिन यो वर्षको राष्ट्रपतीय चुनावमा ७७ प्रतिशत मत ल्याएर चौथो कार्यकालका लागि चुनिएका छन् ।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र र सैन्य शक्ति भएको मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्म तेस्रो शक्तिशाली व्यक्ति भएका छन् । आफ्ना एजेण्डा पारित गराउन नसकेको, व्यक्तिगत र व्यापारिक जीवनका बारेमा नकरात्मक कुरा बाहिर आएका कारण ट्रम्प तेस्रो स्थानमा झरेको फोब्र्सले जनाएको छ

जर्मन चान्सलर एन्जेला मार्केल चौथो, विश्वका सबैभन्दा धनी एवं एमाजोन कम्पनीका प्रमुख जेफ बेजोस ५ औं र विश्वका १ अर्ब ३० करोड ईसाइ धर्मावलम्बीका नेता एवं रोम क्याथलोटिक चर्चका पादरी पोप फ्रान्सिस छैटौं स्थानमा परेका छन् ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स ७ औं, साउदीका राजकुमार मोहम्मद बिन सल्मान अल साउद आठौं र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको ९ औं शक्तिशाली व्यक्तिको सूचीमा समेटिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com