बाढीमा परेर परीक्षा दिन गएकी एक छात्रा बेपत्ता, बसपार्क पुरियाे


प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार

अविरल वर्षापछि रामेछापका विभिन्न स्थानमा बाढी अाएकाे छ । बाढीले बगाउँदा परीक्षा दिन गएकी एक छात्रा बेपत्ता भएकी छन् । हिजाे रातिदेखि परेकाे अविरल वर्षाले खाेलानाला बढेर बाढी चलेकाे हाे ।

अाज बिहान मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परीक्षा केन्द्रमा परीक्षा दिन जान लागेकी उस्मा फुँयाल बाढीमा परेर बेपत्ता भएकी हुन् । मन्थली माविकी छात्रा फुयाँललाई स्थानीय रणजाेर खोलामा अाएकाे बाढीले बगाएको हाे ।

उनीसँगै बगेका ६ जना विद्यार्थीहरुको भने जीवितै उद्धार गरिएको छ । खोलाले बगाएर तामाकोशी नदीमा पुर्याएका मध्ये ४ जना विद्यार्थी भने पौडिएर निस्किन सफल भएका थिए भने २ जनालाई उद्धार गरिएको हाे । बाढीका कारण उनीहरूकाे परीक्षा प्रभावित भएकाे छ ।

बेपत्ता छात्रा फुँयालको नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेकाे जनाइएकाे छ । बाढीले मन्थली बजारलगायतका क्षेत्र प्रभावित भएका छन् । वस्ती डुबानमा परेको छ, पसल र घरभित्रै पानी पसेकाे छ । बाढीले सडक समेत अवरुद्ध हुँदा सवारी आवागमनमा पनि कठिनाइ भएकाे छ

सडक अवरूद्ध भएर सवारी नचल्दा यात्रुलार्इ सास्ती भएकाे छ । मन्थलीस्थित बसपार्कफ समेत पुरिएकाे छ भने कैयाैं सडक छेउमा पुरिएका सवारी साधन अलपत्र छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com