अाजकाे संसद बैठकले बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल टुंग्याउँदै
प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार
आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफल आज सकिने भएकाे छ । संघीय संसद् सचिवालयले छलफललाई आज सक्ने तयारी गरेको जनाएकाे छ ।
छलफलमा उठेका सवालकाे जवाफ विभागीय मन्त्रीले दिनेछन्। अाज ११ बजेदेखि छलफल सुरू हुन लागेकाे प्रतिनिधिसभा बैठकले अाज साे छलपफल टुंग्याउनेछ । छलफलमा भाग लिन नाम लेखाउने सांसदमध्ये अझै ३० भन्दा बढीले बोल्न बाँकी रहेकाे सचिवालयले जनाएको छ।
छलफलको क्रम सकिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिनेछन्। मन्त्रीको जवाफसँगै उक्त ‘प्रि-बजेट’ छलफल टुंगिनेछ।
यही वैशाख २६ गते अर्थमन्त्री खतिवडाले पेस गरेको सिद्धान्त र प्राथमिकतामा दुई दिन छलफल भइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण छलफल दुई दिन स्थगित भएको थियो। छलफल लम्बिँदा नीति तथा कार्यक्रम पेस गर्ने समयतालिका पनि हेरफेर भएको छ।
जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने तयारी भए पनि पहिलो साताभित्र गर्नेगरी सचिवालयले तयारी थालेको छ।