‘लम्पसरवादी चरित्र’ देखाएको भन्दै नेविसंघद्वारा ओली सरकारविरुद्ध सडक संघर्ष


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेविसंघले मंगलबार काठमाडौंको विभिन्न क्याम्पस अगाडि विरोध प्रर्दशन गरेको हो ।

अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिनेलगायतका राष्ट्रघाती काम गरेपछि त्यसको विरोधमा प्रधानमन्त्रीविरुद्ध संघर्ष गर्नु परेको नेविसंघका नेताहरुले बताएका छन । उनीहरुले सत्तारुढ भारतीय जनता पार्टीका सांसद सांसद कीर्ति आजादले नेपालको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिको पनि सरकारले खण्डन नगरेको भन्दै आपत्ति जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाएको संघको गम्भीर आरोप छ । राष्ट्रियता, प्रजातन्त्रमाथि धावा बोल्ने काम नगर्न भन्दै उनीहरुले प्रधानमन्त्री ओल विरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

नेविसंघले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सेना नेपाल भित्रयाएको भन्दै आपत्ति पनि जनाएका छन् । मोदीको नेपाल भ्रमणका क्रममा नेपाली मिडियालाई लाइभ गर्न रोक लगाएकोमा पनि नेविसंघले आक्रोश छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com