विश्वको राजधानी न्यूयोर्कमा नेपाल डे परेड सम्पन्न


प्रकाशित मिति : जेष्ठ ६, २०७५ आईतबार

विश्वको राजधानी मानिने न्यूयोर्क शहरस्थित म्यानहाटनमा आइतवार नेपाल डे परेड सम्पन्न भएको छ । बिगत तिन बर्षदेखी न्यूयोर्कको म्यानहाटनमा नेपाल डे परेड हुँदै आएको छ ।

नेपालका बिभिन्न गाउँ ठाँउमा रहेका समुदायको बिविध कला, सँस्कृति, भेषभुषा झल्काउने बिभिन्न प्रस्तुती कार्यक्रममा देखाइएको थियो । कार्यक्रममा तामाङ, गुरुङ लगायत अन्य समुदायको नृत्य कार्यक्रमको बिशेष आकर्षण थियो ।

म्यानहाटनस्थित मेडिसिन एभिन्यूको ३९ स्ट्टिबाट शुरु भएको र्याली बिभिन्न समुदायको बाजागाजा, नृत्य, झाँकी सहित २४ स्ट्टिमा पुगेर सभामा परिणत भएको थियो । नेपाल र नेपालीको पहिचान झल्कने यस कार्यक्रमको निरन्तरतामा साथ दिने सम्पूर्ण नेपालीमा आयोजकले धन्यवाद ज्ञापन गरेका छन् । आयोजक कन्भेनर रविकिरण कोइरालाले अमेरिकाभर रहेका नेपालीहरुको उत्साहजनक सहभागिताले कार्यक्रम भव्य एवं सभ्य रुपमा सम्पन्न भएको जनाए ।

बिविध कार्यक्रम लिएर अमेरिकाको बिभिन्न राज्यबाट उत्साहजनक रुपमा सहभागिता जनाउने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तै अपेक्षा गरे । उनले नेपाल डे परेड नेपालीहरुको महान पर्वका रुपमा स्थापित भईसकेको जनाए ।

नेपाल र नेपालीको पहिचानलाई झल्काउने यस कार्यक्रमलाई सफल बनाउन भव्य सहभागिता जनाउने सम्पूर्णमा धन्यवाद दिँदै आमागी दिनमा समेत यसैगरी कार्यक्रम हुने र सबै नेपाली संघ सस्थाहरुको उत्साहजनक सहभागिता हुने अपेक्षा नेपाल डे परेड अन्तर्गतको तर्दथ समितिका संयोजक रामहरि अधिकारीले गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले अमेरिमा हुँदै आएको नेपाल डे परेड जन्मभुमि नेपालको पहिचानलाई विश्व समुदायमा प्रस्तुत गर्न यो कार्यक्रम कोशेढुङगा सावित भएको बताइन । उनले नेपाली समुदाय र यहाँको संघ सस्थाको नेतृत्व गर्नेहरु सबै धन्यवादका पात्र भएको उल्लेख गरिन् ।

कार्यक्रममा नेपाल सरकार महावाणिज्य दुतावासका कन्सुलर मधुकुमार मरासिनीले सगरमाथाको देश, बुद्ध जन्मेको देश, विश्वमै अलग्गै बिशेषता भएको चन्द सुर्य अंकित झण्डा, बिविध भेषभुषा, भाषा, सँस्कृतिले धनि नेपालको पहिचान विश्व समुदायमा प्रस्तुत गर्नका नेपाल डे परेड उत्कृष्ट कार्यक्रम भएको र आगामी दिनमा समेत यस्तै कार्यको अपेक्षा गरे ।

नेपाल डे परेड २०१६ का कन्भेनर लुइसाङ वाइवा तामाङले मातृ भुमि नेपालको शान विश्वका शहरहरुमा प्रस्तुत गर्ने नेपाल डे परेड आफैमा गौरवको बिषय भएको र आगामी दिनमा समेत यसको निरन्तरता हुने जनाए । तेश्रो नेपाल डे परेड सम्पन्न हुँदा सम्म साथ दिने सम्पूर्ण नेपालीलाई उनले धन्यवाद भनेका छन् ।

नेपाल डे परेड अन्तर्गत एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महावाणिज्य दुतावास, नेपाल मिसन लगायत नेपालका विशिष्ट अतिथि, क्विन्स काउन्टीका प्रतिनिधि काउन्सिलम्यान कोस्टा, कंग्रेसम्यान लगायतका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com