धानखेतीमा जलवायु परिवर्तनको असर


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

सुनाकोठीका हरी महर्जनलाई गत चैतदेखि अर्थात् वर्षा पहिले नै पानी परिरहेकाले कतै असारमा सुक्खा भएर धान रोप्न नपाइने हो कि भन्ने चिन्ता छ ।

पहिले पहिले वैशाख– जेठमा गर्मी र असार लागेपछि वर्षा शुरु हुन्थ्यो । अहिले कुन महिनामा कस्तो मौसम हुन्छ भन्ने टुङ्गो छैन । त्यसैले असारमा पानी नै नपरेर सुक्खा हुँदा रोपाइँ गर्न नपाइने हो कि भन्ने महर्जन चिन्ता गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “कुनै वर्ष असारभर सुक्खा हुन्छ, कुनै वर्ष परे पनि छिटफुट पर्छ, कहिले त धान काट्ने बेलामा झरी पर्छ ।” मौसम प्रतिकूल हुँदा उहाँ हैरान हुनुहुन्छ ।

असारलाई माना रोपेर मुरी फलाउने महिना भन्ने नेपाली कथन छ । कामको चटारोले किसानलाई छोप्छ । तैपनि पर्याप्त पानी परेर बेलामा धान लगाउन पाउँदा किसान दङ्ग पर्छन् । उहाँ भन्नुहुन्छ, “पानी नपरेर फुर्सदिलो बन्नुभन्दा असारको पहिलो हप्ता रोपिसक्न पाए आनन्द हुन्थ्यो ।”

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली जलवायु परिवर्तनका कारण धानबालीमा प्रत्यक्ष असर परेको बताउनुहुन्छ । केही वर्षयता धानका लागि पानी नचाहिने महिनामा पर्ने र चाहिँदा पानी नपर्दा किसान हैरान छन् । समयमा रोप्न र समयमा बाली काट्न किसानले पाएका छैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com