म्याच फिक्सिङको आरोप लागेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजी धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

फुटवलमा म्याच फिक्सिङको आरोपमा दुई वर्षअघि पक्राउ परेर अहिले पनि मुद्दा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजको धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ परेका छन् ।

नेपाली राष्ट्रिय टिमबाट लामो सयम फुटवल मैदानमा रहेका केसी नेपाली फुटवलमा राम्रा खेलाडी मानिन्छन् ।

इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग जस्ता विदेशी फुटबल प्रतियोगिताहरुमा सट्टेबाजी गराएको आरोपमा केसीलाई सोमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीले केसी सहित काठमाडौं, भक्तपुर र ललितपुरबाट ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ रहेका छन् ।

प्रहरी स्रोतका अनुसार उनीहरुले हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा सट्टेबाजी गराएका थिए ।

संगठित रुपमा सट्टेबाजी गराउँदै आएको यो समूहका सदस्य मध्ये अञ्जनले फुटबल सेक्टर हेर्ने गरेको प्रहरीले जनाएको छ ।

सट्टेबाजका डन मानिले नागराजको सदस्यको रुपमा काम गर्दै आएको यो समूहले सट्टेबाजी सँगै म्याच फिक्सिङ समेत गर्र्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार गुण्डा नाइके दावा लामा पनि अञ्जन केसी समुहका सदस्य हुन् ।

पछिल्लो सिजनमा मात्रै यो समूहले सट्टेबाजी गरेर करौडौंको करोबार गरेको पाइएको छ ।

यसअघि, म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका केसी विशेष अदालतको फैसलापछि धरौटीमा रिहा भएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com