वडाध्यक्ष पक्राउ
प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार
तोकिएको समयमा काम नगर्ने वडाध्यक्ष समेत रहेका एक ठेकेदार पक्राउ परेका छन् । भिमसेन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा धुलिखेल निर्माण प्रालिका ठेकेदार नारायण श्रेष्ठ बोर्लाङ स्वाथ्यचौकीको काममा ढिलाई गरेपछि पक्राउ परेका हुन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
ठेकेदार श्रेष्ठले २०७३ सालको असारमा काम सक्नेगरी २०७१ सालको वैशाखमा ठेक्का सम्झौता गरेपनि अहिलेसम्म जम्मा ७३ प्रतिशत मात्रै काम सकिएको छ । गोरखामा तोकिएको समयमा काम नगर्ने ७ जना ठेकेदारलाई वारेन्ट जारी गरिएकोमा अझै ६ जना पक्राउ पर्न बाँकी रहेका प्रहरीले जनाएको छ ।